डुबान र पहिरोको चपेटामा पोखरा हेमजाका ६०० घर

पोखरा : पोखरा २५ हेमजाको सुइँखेतको फाँटमा बनेका घरहरु मुसलधारे वर्षापछि डुबानमा परेका छन्। नजिककै सुइँखेत खोलासमेत बस्तीमा पसेको छ।

त्यहाँका करिब ६०० घरमा भलबाढी र पानीको प्रभाव परेको पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए। गएराति साढे ११ बजेदेखि घरहरु डुबानमा पर्न थालेको तिमिल्सिनाले बताए। 

उनका अनुसार मुसलधारे पानीपछि बाढी र पहिरो सुरु भएको थियो। ‘राति नै मानिसहरु आफन्तका घरतिर सर्नुभयो, कोही मन्दिरतिर जानुभयो’, उनले भने, ‘घरहरु, कृषि फर्महरुमा क्षति पुग्यो, तर अहिले विस्तारै पानी घट्दै गएको छ।’

Leave a Comment

Your email address will not be published.